नियम १७८
स्थानीय निकायको कोषमा आम्दानी बा“ध्ने कार्यविधि
बैड्ढ खातामा रकम जम्मा भएको तर सम्बन्धित स्थानीय निकायको धरौटी खातामा लेखाड्ढन भएको नदेखिएको वा कस्ले के बापत धरौटी राखेको हो भन्ने कुरा पनि स्पष्ट नभई बैड्ढको खातामा त्यसै रही रहेको वा स्थानीय निकायको धरौटी खाता भन्दा बैड्ढमा जम्माजम्मीमा बढी भएको रकम त्यस्तो स्थानीय निकायको कोषमा आम्दानी गर्नु पर्नेछ । तर धरौटी राख्ने व्यक्तिले प्रमाण सहित यस नियमावलीमा तोकिएको म्यादभित्र दावी गरेमा सम्बन्धित स्थानीय निकायको कोषमा दाखिला भए पनि वजेटमा व्यवस्था गरी त्यस्तो धरौटी फिर्ता दिनु पर्नेछ ।